विवादित बी एण्ड सीलाई मेडिकल कलेजको सम्बन्धन दिन केयूको आयोगलाई सिफारिस

हेल्थपोस्ट नेपाल

झापाको विवादित बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिन काठमाडौं विश्वविद्यालय (केयू) ले चिकित्सा शिक्षा आयोगलाई सिफारिस गरेको छ ।

३१ वैशाखमा बसेको केयू कार्यकारी परिषदको ६२५ औं बैठकले निरीक्षण प्रतिवेदननका आधाारमा चिकित्सा शिक्षा ऐनको दफा १३ (६) अनुसार सम्बन्धनका लागि सहमति दिने र सीट संख्यासहित स्वीकृतिका लागि आयोगमा पठाउने निर्णय गरेको छ।

शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको दबावमा केयूको ८९ औं बैठकले सम्बन्धन प्रक्रिया अगाडि बढाउने निर्णय गरेको थियो।

राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ र गठित चिकित्सा शिक्षा आयोगको क्षेत्राधिकार मिचेर काठमाडौं विश्व विद्यालयले झापाको बिवादित बिएन्डसी मेडिकल कलेज सम्बन्धन दिने निर्णय गरेको हो।

चिकित्सा शिक्षा ऐनमा प्रस्टसँग एउटा विश्वविद्यालयले ५ भन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन नदिने व्यवस्था गरेको छ।

ऐनमा उपत्यकाबाहिरको र पूर्वाधार पुगेको कलेजलाई सम्बन्धन दिन लचक हुने प्राब्धान भएपनि ऐनअनुसार दिएको पहिलो सम्बन्धनमै ऐन मिचिएको हो ।

काठमाडौं विश्वविद्यालयअन्तर्गत अहिले नै झण्डै दर्जन मेडिकल र डेन्टल कलेज सञ्चालनमा रहेकोमा नयाँ मेडिकल कलेजका लागि अनुमति दिनसक्ने अधिकार छैन।



One thought on “विवादित बी एण्ड सीलाई मेडिकल कलेजको सम्बन्धन दिन केयूको आयोगलाई सिफारिस

  1. ३२ वर्ष अघि राजनैतिक आस्था का कारण र राजतन्त्र को बिरोध स्वरुप शंकराचार्य ले बनाउन लागेको मेडिकल कलेज तुहियो र त्यो भन्दा कम प्रतिफल मा धेरै लगानी अनि सुन्य स्वामित्वमा गिरिजाप्रसाद कोइराला ले १० वर्ष पछि सोहि ठाउँमा मणिपाल कलेज स्थापना भयो। जे भए पनि आज हामी ले आफ्नै धेरै जनशक्ति पायौ। तर राजनैतिक कारणले हामि १० वर्ष पछि धकेलियौ।
    हामी त्यही बाटो अपनाएर माफिया र गुणस्तरको नाममा फेरि देशको स्वास्थ्य सेवालाई १० बर्ष पछि निकाल्नु नै बुद्धि मानि हो। मलाइ कुनै राजनीति दल र ब्यक्तिहरू सग कुनै गुनासो छैन। भावी सन्तानहरू ले कसैलाई नसपारोस। अस्तु। सबै को मंगल होस।

Leave a Reply

Your email address will not be published. Required fields are marked *