कोरोना संक्रमणबाट दुई नर्सको निधन

हेल्थपोस्ट नेपाल

कोरोना भाइरसको संक्रमणबाट दुई नर्सको निधन भएको छ।

नेपाल नर्सिङ संघको पाल्पा शाखाकी संस्थापक सचिव चुनु मैया श्रेष्ठको निधन भएको हो।

संघको कोषाध्यक्ष तथा प्रवक्ता कल्पना श्रेष्ठको अनुसार चुनुको ७८ बर्षमा निधन भएको हो।

सरकारी सेवाको अवकास प्राप्त भएपनि उनी केही समय अघि सम्म नर्सिङ सेवामा नै कार्यरत थिइन।

त्यस्तै, विराटनगरको सावित्री भट्टराईको कोरोना संक्रमणबाट निधन भएको छ।

भट्टराई पछिल्लो समय नोवेल हस्पिटलमा कार्यरत थिइन।

संघले श्रद्दाञ्जली दिदैं दिवंगत आत्माको चिरशान्तीको कामना समेत गरेको छ।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *