भारतले बनायो कोरोना संक्रमितका लागि औषधी
भारतले कोरोना संक्रमितका लागि प्रयोग गर्न सकिने औषधी बनाएको दाबी गरेको छ। रक्षामन्त्री राजनाथ सिंहले कोरोना संक्रमितलाई खुवाउनका लागि बनाइएको औषधी ‘२-डिजी’ आज सार्वजनिक गरेका छन्।
कोरोना संक्रमितका लागि यो पहिलो औषधी भएको भारतले दाबी गरेको छ।
यो औषधी पाउडरका रुपमा पाइनेछ। त्यसलाई बिरामीले पानीमा घोलेर खानुपर्ने हुन्छ।
यो औषधी भारतको रक्षा अनुसन्धान तथा विकास संगठन(डिआरडिओ)ले बनाएको हो। केही समयअघि यो औषधीलाई भारतको औधषी महानियन्त्रकले आपतकालीन प्रयोगका लागि अनुमति दिएको थियो।
रक्षामन्त्री सिंहका अनुसार यो औषधी डिआरडीओको इन्स्टिच्युट अफ न्यूक्लियर मेडिसिन एन्ड अलायर साइन्सेजले औषधी कम्पनी रेड्डिज् ल्याबोरोटीसँग मिलेर बनाएको हो।
यो औषधीले अक्सिजन चलाउनुपर्ने बिरामीका लागि निकै राहत दिनेछ। चिकित्सकहरूका अनुसार २-डिजीको प्रायोगले अक्सिजनको आवश्यकतालाई ४० प्रतिशत न्यूनिकरण गर्नसक्छ।
दोस्रो लहरको संक्रमणसँगै भारतमा अहिले भन्दा धेरै समस्या अक्सिजनकै देखिएको छ।
यो औषधीको प्रयोगबाट कोरोना संक्रमित २ देखि ३ दिन चाँडै निको हुने पनि चिकित्सकहरूले दाबी गरेका छन्।
Kehi paddina ma k lekheko. America ley banaeko xaina India le banauxa ?? Hawa