स्वास्थ्यमन्त्रीको आरोप : सिनियर चिकित्सकले कोभिडका बिरामी नै हेर्दैनन्

हेल्थपोस्ट नेपाल

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदेयश त्रिपाठीले सिनियर चिकित्सकले कोरोना संक्रमित  नहेर्ने  गरेकाे आरोप लगाएका छन्।

‘आकस्मिक कक्षमा रहेका बिरामी यदि रोग गम्भीर नै छ भने पनि पहुँजमा आधारमा मात्रै आइसियुमा लैजाने गरेको पाइएको छ,’ मन्त्री त्रिपाठीले भने, ‘मृत्युदर बढाउनमा व्यवस्थापनको स—सा कुराले प्रभाव पारिरहेको छ।’

कोभिडको गम्भीर बिरामीलाई सिनियर डाक्टरले नहेरी जुनियर डाक्टरहरुले हेर्ने गरिएको भन्दै उनले त्यसो गर्न नहुनेमा सचेत समेत गराए ।

‘डाक्टरहरू के छ भने जुनियर डाक्टरले बिरामी हेर्ने, सिनियर नै बिरामी छेउमा नजाने, कोभिडसँग डराएर भाग्नु भएको हो कि? सरकारी यस्तो हालत छ, मलाई लाग्छ निजीको पनि अवस्था यही हो,’ उनले भने।

कोरोना महामारीमा नियन्त्रणको लागि स्वास्थ्यका सम्पुर्ण कर्मचारी फर्कन अनुरोध गरेको उनले बताए।

‘करारमा राख्नु भन्दा पनि अनुभवीले स्वास्थ्यकर्मीले बढी सेवा दिन सक्नुहुन्छ,’ उनले भने।

 



One thought on “स्वास्थ्यमन्त्रीको आरोप : सिनियर चिकित्सकले कोभिडका बिरामी नै हेर्दैनन्

  1. J Mann lagyo tei bolna pugena bhaneko yo mantri Lai.. Haina hospital na nagayera kurai ma basera k durbin le heriracha senior doctor leh heryo ki here a bhanera?? Esto Bela doctor haru ko manobal badaunu ta kata ho kata ajhai waiyaat kura gariracha baa.. euta limit huncha. Jun din yo mantri leh lalchan lagako jasto garchan ni doctor haru teti bela yo desh ko condition kasto huncha socheko chaina.

Leave a Reply

Your email address will not be published. Required fields are marked *