कोरोना संक्रमण घट्दै, आज थपिए ७३६८ संक्रमित, १४५ को निधन
पछिल्लो २४ घन्टामा ७ हजार ३ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार १९ हजार ५ सय ४९ पिसिआर र ३ सय ४४ एन्टिजेन मार्फत नमुना परीक्षण गर्दा ७ हजार ३ सय ६८ जनामा संक्रमण पुष्टि भएको हो।
आइतबार १ लाख १० हजार २ सय ६३ सक्रिय संक्रमित छन्।
जसमध्ये १ लाख २ हजार ४ सय ५५ होम आइसोलेसन तथा ७ हजार ३ सय ६८ जना संस्थागत आइसोलेसनमा छन्।
पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट १ सय ४५ जनाको निधन भएको छ।
आइतबार ६ हजार ६ सय ४८ जना संक्रमणमुक्त भएका छन्।
हालसम्म कुल संक्रमित मध्ये ७४ दशमलव ६ प्रतिशत संक्रमणमुक्त भएका छन्।
मन्त्रालयका अनुसार आज देशभर १ हजार ३ सय १३ आइसियु मध्ये ३ सय ८० भेन्टिलेटरमा छन्।
मन्त्रालयका अनुसार देशभर ७ सय १ जना क्वारेन्टाइनमा छन्।