वीर अस्पतालमा नर्स नियुक्तीमा ढिलाई, कोभिड वार्ड संचालनमा प्रभावित

हेल्थपोस्ट/काठमाडौं
प्रकाशित
२०७८ जेठ २ गते १३:४९

नयाँ सर्जिकल भवनमा कोभिड अस्पताल संचालनार्थ वीर अस्पतालमा भएको नयाँ जनशक्ति भर्ना प्रक्रिया विवादमा परेको छ।

जनशक्ति भर्नामा भएको ढिलाईका कारण वार्ड संचालनसमेत प्रभावित बनेको छ।

२०० शैयाको कोभिड अस्पताल संचालनका लागि वैशाख २२ गते १०० नर्स र तीन जना तीन चिकित्सक माग भएको छ। जसमा १ हजार ८ सय हाराहारीमा नर्सले आवेदन दिएका छन्।

अस्पतालको आकस्मिक विभागका लागि १४ चिकित्सक र ८ जना नर्सका लागि आवेदन खुलेकोमा २३ चिकित्सक र २०० नर्सले आवेदन दिएका छन्।

अपेक्षाभन्दा बढी निवेदन परेपछि तत्काल लिखित एवं अन्तर्वार्तासमेत गर्न कठीन देखिएको छ। यो वहानामा पदाधिकारीहरुले आफूअनुकूलका मानिसलाई मिल्नेगरी मनपरी मापदण्ड बनाएको आरोप कर्मचारीहरुको छ।
त्यसमा ५५ जनाको कोटा पहिल्यै छुट्याएर मन्त्रालयदेखि प्रतिष्ठानका विभिन्न पदाधिकारीको भागभण्डा गरिएको एक कर्मचारीले बताए।

तर, पदाधिकारीहरुले भने छनोट प्रक्रिया पूरा गर्न कठीन भएकोले एसएलसी, पिसिएलको डिभिजन, अंक र अनुभवलाई अंकभार निर्धारण गरेर सटलिस्टिङ गर्नेगरी तयारी भइरहेको दावी गरेका छन्।

कामपाले वीरलाई १५ भेन्टिलेटर दिने
कोभिड डेडिकेटेड वाड संचालनका लागि वीर अस्पताललाई काठमांडौ महानगर १५ बटा भेन्टीलेटर र ५० बटा मनिटर दिने निर्णय गरेको छ।

त्यसैगरी नयाँ सर्जिकल भवनलाई लक्षित गरेर अक्सिजन प्लान्ट निर्माणका लागि पनि महानगरले सहयोगको बचन दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय