नेपालका कोरोना संक्रमितमा पनि आँखा बिगार्ने ‘कालो ढुसी’

हेल्थपोस्ट नेपाल

नेपालमा पनि कोरोना संक्रमण भएकाहरूको आँखामा ‘कालो ढुसी’को संक्रमण देखिन थालेको छ। आँखा बिगार्ने यो निकै भयानक संक्रमण हो।

संक्रमितहरूमा एकापट्टीको मुख, सुन्निने, आँखा, सुन्निने, नाकबाट रगत आउने, आँखा वरिपरीका भागमा कालो डाम बस्ने जस्ता समस्या बढ्दै गएको नारायणी अस्पतालका चिकित्सक डा. निरज सिंहले बताए।

डा. सिंहले सामाजिक सञ्जाल मार्फत भारतमा देखिएको म्युकोर्मिकोसिस नेपालमा पनि देखिएको दाबी गरेका छन्।

म्युकोर्माइकोसिस एउटा कालो ढुसीको संक्रमणले देखिने रोग हो।

‘छिमेकी राष्ट्र भारतमा यस्तो समस्या धेरै नै देखा परेका छन्’ डा.सिंहले भनेका छन्, ‘ हाल बिरगंजमा पनि अहिलेसम्म चारवटा यस्ता केसहरू भेटिएका छन्। दोस्रो चरणको कोभिड संक्रमितमा यो समस्या बढी देखिएको वैज्ञानिकले जनाएका छन्।’

यो संक्रमणबाट पीडित बिरामीहरूमा सामान्यत: नाक भरिने, नाकबाट पानी बग्ने, आँखा सुन्निने र दुखाई हुने, दृष्टि धमिलो हुँदै जाने र अन्तमा दृष्टि गुमाउने समस्या हुन सक्छन्।

डा. सिंहले यो विषयमा सरकारले सयम नै ध्यान दिनुपर्ने सुझाव दिएका छन्।

‘धेरै कडा संक्रमण भएको अवस्थामा मस्तिष्कमा संक्रमण नफैलियोस भन्ने उदेश्यले डाक्टरहरूले शल्यक्रिया गरेर आँखा नै हटाउनुपर्छ। यस रोगको उपचारमा प्रयोग गरिने औषधी inj. Liposomal Amphotericin B पनि सजिलै उपलब्ध नभएकोले यो समस्या पनि एउटा ठूलो चुनौतीको रुपमा निकट भविष्यमा हामीले सामना गर्नुपर्ने देख्छु,’ उनले भने।

डा. सिंहले सामाजिक सञ्जालमा यो रोगबारे दिएको जानकारी र सुझाव

कोभिड-१९ को बढ्दो संक्रमणसँगै यसले थप समस्याहरु पनि निम्त्याएको छ।

संक्रमितहरुमा एकापट्टीको मुख सुन्निने, आँखा सुन्निने, नाकबाट रगत आउने, आँखा वरिपरीको भागमा कालो डाम बस्ने जस्ता समस्या देखा पर्न थालेका छन्।

यसलाई म्युकोर्मिकोसिस (mucermycosis)भनिन्छ।

यो एउटा कालो ढुसी (Black fungus) को संक्रमणले देखिने रोग हो।

विशेष गरि मधुमेह रोगी र कोभिड-१९ को उपचारका क्रममा steroids ग्रुपको औषधि प्रयोगपश्चात रगतमा चिनीको मात्रा बढ्ने हुँदा यो समस्या बढी देखापर्छ।

विज्ञहरूका अनुसार कालो फंगल संक्रमण हावामा अवस्थित म्युकोर्मिसेट्स भनिने मोल्डहरूको समूहले गर्दा हुन्छ र बिरामीले सास फेर्दा साइनसको गुहा, फोक्सो र छातीका प्वालहरूमा फैलिन्छ।

यद्यपि, केही विज्ञहरू विश्वास गर्छन् कि स्टेरोइडमा उच्च निर्भरताले (कोभिड केशहरूमा inflammation उपचारको लागि प्रयोग गरिएको), पूर्वअवस्थित कमोरबिडिटीज, जस्तै मधुमेहले कोभिडबाट पीडित व्यक्तिलाई म्युकोर्मोकोसिसको जोखिममा बढी पार्न सक्छ।

छिमेकी राष्ट्र भारतमा यस्तो समस्या धेरै नै देखा परेको पाइन्छ भने, वीरगन्जमा पनि अहिलेसम्म चारवटा यस्ता केशहरू भेटिएका छन्। दोस्रो चरणको कोभिड संक्रमितमा यो समस्या बढी देखिएको वैज्ञानिकको मान्यता छ।

उनीहरु कोरोना भाइरस र फंगल इन्फेक्सनको सम्बन्धलाई लिएर गहन अध्ययन गरिरहेका छन्।

फंगल संक्रमणबाट पीडित बिरामीहरूमा सामान्यत: नाक भरिने, नाकबाट पानी बग्ने, आँखा सुन्निने र दुखाई हुने, दृष्टि धमिलो हुँदै जाने र अन्तमा दृष्टि गुमाउने समस्या हुन सक्छन्।

नाक वरिपरी छालामा कालो प्याचहरू (Black patches) हुनसक्छ। यस्ता लक्षण देखिएका बिरामी ढिलो अस्पताल आइपुग्दा दृष्टि नै गुमाइसक्छन्।

धेरै कडा संक्रमण भएको अवस्थामा मस्तिष्कमा संक्रमण नफैलियोस भन्ने उदेश्यले डाक्टरहरूले शल्यक्रिया गरेर आँखा नै हटाउनु पर्छ।

यस रोगको उपचारमा प्रयोग गरिने औषधि inj. Liposomal Amphotericin B पनि सजिलै उपलब्ध नभएकोले यो समस्या पनि एउटा ठूलो चुनौतीको रुपमा निकट भविष्यमा हामीले सामना गर्नुपर्ने देख्छु।

यसमा सम्बन्धित सरोकारवालाको ध्यान पुगोस्!

 

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *