कोरोना संक्रमणबाट पत्रकार कार्कीको निधन

पत्रकार शान्तिराम कार्कीको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। करिब दुईसाता अघिदेखि उपचाररत उनको मनमोहन सामुदायिक अस्पताल काठमाडौंमा शनिबार राति मृत्यु भएको हो।

जनता टाइम्सका सम्पादक रहेका कार्की झापा डुडामारी निवासी हुन्।

उनका दाइ झापा जिल्ला कमिटी सदस्य र गौरादह नगरपालिका-४ का वडाध्यक्ष भएको जानकारी प्राप्त भएको छ।

सम्पादक कार्की प्रेस चौतारीका केन्द्रीय सदस्यसमेत हुन्। उ

नी वैशाख १९ गतेदेखि अस्पताल भर्ना भएका थिए। पाँच दिन आइसियुमा र आठ दिन भेन्टिलेटरमा उपचारपछि उनको मृत्यु भएको हो।

सम्पादक कार्कीको मृत्यु भएको जनता टाइम्सका अध्यक्ष गणेश बस्नेतले पुष्टि गरे। कार्कीको निधनसँगै मुलुकमा कोरोनाका कारण मृत्यु हुने पत्रकारको संख्या १३ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

  • ताजा समाचार
  • जनप्रिय