एकैदिन ५ हजार ४ सय ५५ जना संक्रमणमुक्त
पछिल्लो २४ घन्टामा ८ हजार १ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार १८ हजार ५ सय ४८ नमुना परीक्षणमा ८ हजार १ सय ६७ जनामा संक्रमण पुष्टि भएको हो।
यो सँगै नेपालमा सक्रिय संक्रमित १ लाख ९७ हजार ७४० पुगेको छ।
शनिबार ५ हजार ४ सय ५५ जना संक्रमणमुक्त भएका छन्।
मन्त्रालयका अनुसार यो सँगै नेपालमा संक्रमणमुक्त हुने संख्या ३ लाख ३३ हजार १ सय ८ पुगेको छ।
पछिल्लो २४ घन्टामा कोरोना भाइरस संक्रमणबाट १ सय ८७ जनाको निधन भएको छ।
यो सँगै नेपालमा संक्रमणले ४ हजार ८ सय ५६ जनाले ज्यान गुमाइसकेका छन्।
आज देशभर ६ सय ७५ क्वारेन्टाइनमा छन्।