चितवन मेडिकल कलेजमा २४घण्टामा ११ कोरोना संक्रमितको मृत्यु

हेल्थपोस्ट/चितवन
प्रकाशित
२०७८ जेठ १ गते १५:३०

चितवन मेडिकल कलेजमा गत २४ घण्टामा ११ जना कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ ।

कलेजले आज उपलब्ध गराएको तथ्यांक अनुसार मृतकहरुमा पाँच पुरुष र ६ महिला रहेका छन् ।

त्यसैगरी अस्पतालको आईसीयूमा १ सय ४८ र भेन्टिलेटरमा ३४ बिरामीको उपचार भइरहेको छ ।

विगत २४ घण्टामा १५ जना बिरामी डिस्चार्ज भएको अस्पतालले जनाएको छ ।

आजसम्म अस्पतालमा ११२ जनाको मृत्यु भएको छ भने ३५१ जना स्वास्थ्यकर्मी संक्रमित भएका छन् ।

विगत २४ घण्टामा २४ जना नयाँ बिरामी उपचारको लागि अस्पताल भर्ना भएको कलेजले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय