कोरोनाबाट रौतहटका सिअहेव ठाकुरको मृत्यु
रौतहट माधवनारायण नगरस्थित माधोपुर हेल्थपोस्टमा कार्यरत सि.अहेव फेकन ठाकूरको कोभिड १९ का कारण मृत्यु भएको छ ।
गढीमाई ५ स्थायी घर भएका ४८ वर्षे ठाकूरको संक्रमणपछि वीरगञ्जस्थित नारायणी अस्पतालमा मृत्यु भएको हो।
स्वास्थ्य कार्यलय पर्साका जनस्वास्थ्य निरीक्षक जयमुद ठाकूरका अनुसार फेकनको शुक्रबार साँझ ८ बजे मृत्यु भएको हो।
स्वास्थ्यमा समस्या देखिएपछि उनलाई वैशाख २५ मा अस्पताल भर्ना गरिएको थियो।
उनको २५ गते नै एन्टिजिन परीक्षणबाट संक्रमण पुष्टि भएको हो।
जनस्वास्थ्य निरीक्षक जयमुदका अनुसार उच्चरक्तचापका बिरामी फेकनको दुबै फोक्सोमा जटिल खालको निमोनिया देखिएको थियो।
उनले कोरोनाविरुद्धको खोप लगाएका थिएनन।
खोप लगाऊनु भऎकोको थीयो