रूपन्देहीका थप दुई अस्पतालमा कोभिडको उपचार बिस्तार

रुपन्देहीका दुई अस्पतालले कोभिड १९ को संक्रमितको उपचार शुरु गरेका छन् ।

लुम्बिनी प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्री भोजप्रसाद श्रेष्ठको पहलमा रूपन्देहीका थप २ वटा अस्पताल देवदह मेडिकल केले र सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दा ले कोभिड १९ उपचार सुरु गरेका हुन्।

देवदह नगरपालिकामा रहेको देवदह मेडिकल कलेजमा एजडियु बेड स्थापना गरि कोभिड उपचार सेवा सुरू गरिएको हो।

कलेजले एचडियु स्तरको ५ बेड र जनरल १० बेड गरि १५ बेड मार्फत कोभिड १९ उपचार सुरु गरेको र सेवालाई थप बिस्तार गरि छिट्टै ५० बेड पुर्याइने कलेजका अस्पताल निर्देशक डा. बिक्रम ज्ञवालीले बताए।

त्यसैगरी महिला तथा बालबालिकालाई केन्द्रमा राखेर स्वास्थ्य उपचार सेवा दिदै आएको बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दाले पनि कोभिड १९ का बिरामीको उपचार सुरू गरेको छ।

अस्पतालले एजडियु स्तरको १० बेड सञ्चालन गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र प्रसाद बस्यालले बताएका छन् ।

रुपन्देहीमा बुटवलमा रहेको लुम्बिनी प्रादेशिक अस्पताल, भैरहेको भीम अस्पताल, युीनभर्सल मेडिकल कलेज र तिलोत्तमामा रहेको क्रिमशन अस्पतालले पनि कोभिड संक्रमिको उपचार गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

  • ताजा समाचार
  • जनप्रिय