शुक्रबार हालसम्मकै उच्च संख्यामा कोरोना संक्रमण मुक्त

पछिल्लो २४ घन्टामा ६ हजार १ सय ३५ जना संक्रमण मुक्त भएका छन्।

एकै दिन निको भएको यो संख्या अहिलेसम्मकै उच्च हो।

नेपालमा हालसम्म ३ लाख २७ हजार ६ सय ५३ जनाले कोरोना मुक्त भएका छन्। बिहिबार पनि ५ हजार ५५ जना संक्रमणमुक्त भएका थिए।

यो दर कुल संक्रमितको ७४ दशमलब ५ प्रतिशत हो।

पछिल्लो २४ घन्टामा ८ हजार ५२० जनामा संत्रमण पुष्टि भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४ लाख ३९ हजार ६५८ जना पुगेको छ ।

शुक्रबार कोरोना भाइरस संक्रमणबाट २०३ जनाको निधन भएको छ।

यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४६६९ हजार पुगेको छ ।

मन्त्रालयको अनुसार आज सक्रिय संक्रमितको संख्या एक लाख ७ हजार ३३६ पुगेको छ ।

शुक्रबार ५१६ जना व्यक्ति क्वारेन्टाइनमा छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय