एकैदिन कोरोना संक्रमणबाट २०३ जनाको निधन
पछिल्लो २४ घन्टामा कोरोना भाइरस संक्रमणबाट २०३ जनाको निधन भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २०३ जनाको निधन भएको हो ।
यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४६६९ हजार पुगेको छ ।
पछिल्लो २४ घण्टामा २१४७८ नमुना परीक्षणमा ८५२० जनामा संक्रमण पुष्टि भएको छ ।
यससँगै सक्रिय संक्रमितको संख्या एक लाख ७ हजार ३३६ पुगेको छ ।
५१६ जना व्यक्ति क्वारेन्टाइनमा छन्।
स्वास्थ्य मन्त्रालयका अनुसार आज देशभर ६ हजार १३५ जना व्यक्ति निको भएका छन्।
एकै दिन निको भएको यो संख्या अहिलेसम्मकै उच्च हो।