रुपन्देहीमा अक्सिजन उद्योगको अक्सिजन व्यवस्थापनको जिम्मा सेनालाई

रुपन्देहीमा उद्योगबाट उत्पादित अक्सिजन आपुर्तिको व्यवस्थापन गर्न सेनाको सहयोग मागिएको छ।

जिल्ला सुरक्षाका अधिकारीहरु र अक्सिजन सम्बन्धि उद्योगका पदाधिकारीहरुसँगको बैठकले अक्सिजन ग्यास आपुर्ति सहज गराउन सेनासँग सहयोग माग्ने निर्णय गरेको हो।

कोरोना भेरियण्टको संक्रमण दिनानुदिन बढिरहको, अस्पतालहरुमा अक्सिजन ग्याँसको अभाव हुन गइ उपचारमा समस्या परेकोले अक्सिजन प्लान्टहरुबाट अक्सिजन आपुर्तिमा थप व्यवस्थापन गर्नका लागि नेपाली सेनाबाट समेत आवश्यक जनशक्ति खटाइ पठाउन गरुड दल गण, रामनगर बुटवललाई अनुरोध गर्ने निर्णय गरिएको बैठकको निर्णयमा उल्लेख छ।

बैठकमा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी असमान तामाङ, जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका प्र.उ.मनोज कुमारा केसी, गरुण दल रामनगर ब्यारेकका सेनानी मनोज डंगोलका साथै विद्युत प्राधिकरण, भैरहवाका प्रमुख जितेन्द्र झा, अक्सिजन कम्पनीका लेखनाथ भट्टराई, रमेश खनाल लगायतको उपस्थित रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय