अक्सिजन पाइएन, यी नम्बरमा फोन गर्नुहोस्

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अक्सिजनको सहजीकरण गर्नका लागि टिम गठन गरेको छ।

यसभन्दा अगाडी अक्सिजनको कोभिड १९ संकट व्यवस्थापन सञ्चालन केन्द्रले गर्दै आएको थियो।

तर, वितरणमा समस्या गुनासो आएपछि मन्त्रालयले आफैंले सम्वन्य गर्ने जनाएको छ।

मन्त्रालयले अक्सिजन वितरणको सहजिकरण गर्नका लागि टिम (क) र टिम (ख) गरेर दुई वटा टिम गठन गरेको छ।

जस अनुसार टिम (क) मा प्रमुख स्वास्थ्य प्रशासक डा. प्रकासप्रसाद शाह र उप–सचिव महेश पाण्डे रहेका छन्। यसैगरी टिम (ख) मा प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. रोशन न्यौपाने र उपसचिव सानुबाबु अधिकारी रहेका छन्।

अब यी दुई टोलिले नै अक्सिजन वितरणको समन्वय गर्नेछन्।

मन्त्रालयले अस्पतालहरूलाई अक्सिजन व्यवस्थापनलाई सहजिकरण गर्न चौबिसैं घण्टा उपलब्ध हुने गरी ९८५१३१०५८१ र ९८५१३१०५८४ मा सम्पर्क गर्न सकिने जनाएको छ।

साथै  [email protected]  मा पनि सम्पर्क गर्न सकिने बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय