यी हुन् कोरोनाको निःशुल्क उपचार हुने ८१ अस्पताल, कुन प्रदेशमा कति?

हेल्थपोस्ट नेपाल

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका ८१ वटा सूचीकृत अस्पताल तथा स्वास्थ्य संस्थाबाट कोरोना संक्रमितको निःशुल्क उपचार हुन्छ।

स्वास्थ्य मन्त्रालयका अनुसार कोभिड–१९ का जटिलका खालका तथा अक्सिजन दिनुपर्ने संक्रमितले सूचीकृत अस्पतालबाट निःशुल्क उपचार पाउने छन्।

विगतमा सरकारले कोरोना भाइरसको लक्षण तथा चिह्न भएका संक्रमितको समेत निःशुल्क उपचार गर्दै आएको थियो।

सरकारले सम्झौता गरेका ८१ वटा सूचीकृत अस्पतालमा सरकारी, निजी, सामुदायिक तथा मेडिकल कलेज निशुल्क उपचार सेवा दिन्छन्।

कुन प्रदेशमा कति?

मन्त्रालयले सूचीकृत गरेको कोभिड अस्पतालका संख्या बागमती प्रदेशमा ३७ वटा छन्।

प्रदेश १ मा ३, प्रदेश २ मा ५, गण्डकी प्रदेशमा ५ वटा अस्पताललाई कोभिड अस्पताल बनाइएको छ।

त्यसैगरी, लुम्बिनी प्रदेशमा १०, कर्णाली प्रदेशमा ३ र सुदूरपश्चिम प्रदेशमा १८ वटा अस्पतालसँग सरकारले सम्झौता गरेको छ।

मन्त्रालयले यी अस्पतालमा उपचार भएको बिरामीको संख्याका आधारमा रकम उपलब्ध गराउने छ।

मन्त्रालयले समान्य लक्षण भई अस्पताल भर्ना भएका बिरामीको उपचार गरेवापत ३ हजार ५००, मध्यम जटिल बिरामीको उपचार गरेवापत ७ हजार र जटिल र क्रिटिकल बिरामीको उपचार गरेवापत १५ हजार उपचार शुल्क उपलब्ध गराउने निर्णय गरेको छ।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *