जसले आमाको मृत्यु समेत सुन्न पाएनन्…

फाइल फोटो

भरतपुर महानगरपालिका–१५का ५१ बर्षिय पुरुष पुरानो मेडिकल कलेज भरतपुरको आईसियूमा छन्। उनी कोरोना संक्रमणबाट सास फेर्न कठिन भएपछि ६ दिनअघि भर्ना भएका हुन्। अहिले उनी कृतिम श्वासको साहारामा जीवन र मृत्यु सँग लडिरहेका छन्।

तर, उनलाई घरमा रहेकी आमाको मृत्यु भएको खबर चिकित्सकले सुनाउन सकेका छैनन्।

‘सामान्य अवस्था हुन्थ्यो भने आमाको मृत्युको पहिलो खबर छोरालाई नै दिनुपर्थ्यो। तर, अस्पतालमा लडिरहेका बिरामी छोरालाई आमाको मृत्युको खबर कसरी भन्नु’ उनका आफन्तले सुनाए ।

उनको मृत्यु बिहिबार भएको थियो । ८८ बर्षकी आमाको दाहसंस्कार गर्न पाएनन्। अरुले नै शिवघाट लगेर अन्त्येष्टी गरिदिए ।

उनका ४ जनाको परिवारलाई नै कोरोना संक्रमण भएको थियो। उनीसंगै छोरी पनि आड्मा रहेको आईसियूमै छिन्।

श्रीमती र आमा घरमै आइसोलेसनमा थिए । आमालाई दमको समस्या थियो। अस्पताल ल्याउने तयारीमा नै उनको मुत्यु भएको आफन्तले बताए।

घरको मुख्य मान्छे नै मृत्युसंग लड्न परेको छ । उत्ता आमाको मृत्यु भैसक्यो।

बाबु छोरीको अवस्था अझै जटिल नै छ। घरपरिवार कोरोनालाई परास्त गर्न संघर्ष गरिरहेको छ।

अहिले घरमा अभिभावकत्व बहन श्रीमतीले गर्नुपरेको छ। तर, उनी पनि संक्रमित छन्। बिस्तारै निको भएपछि आमाको मृत्यु भएको खवर सुनाउने तयारीमा उनका आफन्त छन्।

कोरोनोको संक्रमणको दोस्रो संक्रमण फैलिएसंगै यस्ता घट्नाहरु थुप्रै हुन थालेका छन् ।

अकालमै आफ्ना परिवार गुमाउनु परेको छ। पुर्वि चितवनमा कोरोना संक्रमणबाट एकै घरका दुई जनाले ज्यान गुमाउनु परेको थियो।

रत्ननगर नगरपालिकामा बुवा बितेको भोलिपल्ट कोरोना संक्रमणबाट छोराको मृत्यु भएको थियो। तर, यस्तो खालको तथ्याङ्कक भने स्वास्थ्य कार्यालयसंग छैन्।

बिहिबार साँझसम्म जिल्लामा १ सय ५४ जनाले ज्यान गुमाएका छन् । बिहिबार मात्रै चितवनमा ८ जनाको मृत्यु भएको छ । त्यसमध्ये जिल्लाका ४ जना छन् । ३ हजार २ सय ९९ जना संक्रिय संक्रमित रहेका जिल्ला स्वास्थ्य कार्यालय चितवनको तथ्याङ्कमा उल्लेख छ ।

उनीहरु मध्ये १ सय ९९ जनाको अवस्था जटिल छ । कतिपय संक्रमित बेड नपाएर भौतारिरहेका छन् । कोरोनाको भयावह भएको अवस्थामा स्वास्थ्य सावधानी अपनाएर सकेसम्म घरभित्रै बस्न चिकित्सकले अनुरोध गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय