कोरोनाबाट वीरगञ्जका २३ वर्षे हेल्थ असिस्टेन्टको मृत्यु

हेल्थपोस्ट/काठमाडौं
प्रकाशित
२०७८ वैशाख ३१ गते ८:१९

कोरोना संक्रमणबाट वीरगञ्जका २३ वर्षे हेल्थ असिस्टेन्ट रवि यादवको ज्यान गएको छ।

रौतहट वृन्दावनका ४ हर्दियाका यादवको वीरगञ्जकै तराई अस्पतालमा ज्यान गएको हो।

उनलाई बुधबार साँझदेखि भेन्टिलेटरमा राखिएको र सुधार नभई विहीबार विहान ४ बजे निधन भएको अस्पतालले जनाएको छ।

वीरगञ्जकै एक निजी अस्पतालमा काम गर्ने यादवको आगामी जेठ ९ मा तय भएको विवाहका लागि गाउँ गएका बेला कोरोनाको लक्षण देखिएको थियो।

पछि स्वास्थ्यमा जटिलता देखिएपछि वैशाख २२ गते उनलाई तराई अस्पतालमा भर्ना गरिएको थियो।

आफन्तले भने अस्पतालमा भेन्टिलेटर खाली नभएका कारण ज्यान गएको आरोप लगाएका छन्।

उनीहरुले आइतबारदेखि भेन्टिलेटर खोज्न नभैको र नपाएका कारण ज्यान गएको बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय