एकैदिन ५ हजार ५५ जना संक्रमण मुक्त

हेल्थपोस्ट नेपाल

बिहिबार ५ हजार ५५ जना संक्रमण मुक्त भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार हालसम्म संक्रमण मुक्त हुनेको संख्या तीन लाख २१ हजार ५१८ रहेको छ।

केहीदिन यता कोरोना संक्रमणबाट मृत्यु हुने संख्या बढिरहेको छ।

पछिल्लो २४ घन्टामा कोरोना भाइरसको संक्रमणबाट २१४ जनाले ज्यान गुमाएका छन्।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या चार हजार ४६६ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १९ हजार ४७४ पीसीआर र ७७१ एन्टिजेन परीक्षणमा आठ हजार ९६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

हालसम्म संक्रमितको संख्या चार लाख ३१ हजार १९१ जना पुगेको छ ।

सक्रिय संक्रमितको संख्या एक लाख पाँच हजार २०७ पुगेको छ। तीमध्ये ९६ हजार ३७९ जना होम आइसोलेसनमा र आठ हजार ८२८ जना संस्थागत आइसोलेसनमा रहेका छन।

बिहिबार एक हजार ३८१ जना आईसीयूमा र ३८० जना भेन्टिलेटरमा रहेका छन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *