कोरोनाबाट मृत्यु हुने संख्या बढ्दै, आजमात्रै २ सय १४ जनाको निधन
पछिल्लो २४ घन्टामा नेपालमा कोरोना संक्रमणबाट २ सय १४ जनाको मृत्यु भएको छ।
यो सँगै कोरोनाबाट मृत्यु हुने संख्या ४ हजार ४ सय ६६ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार बिहिबार थप ८ हजार ९ हजार ६० कोरोना संक्रमित थपिएका छन्।
हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ३१ हजार १ सय ९१ पुगेको छ।
देशभर आज १ लाख ५ हजार २ सय ७ सक्रिय संक्रमित छन्।
मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो २४ घन्टामा ५ हजार ५५ जना संक्रमण मुक्त भएका छन्।
हालसम्म ३ लाख २१ हजार ५ सय १८ संक्रमित निको भइसकेका छन्।
बिहिबार देशभर ४ सय ९७ जना क्वारेन्टाइनमा छन्।