कोरोना खोपको दोस्रो डोज : कसले कति गते लगाउने ?
कोरोनाविरुद्धको कोरोना (भेरोसेल) खोपको पहिलो मात्रा लगाएकाले दोस्रो मात्रा जेठ दुई गतेदेखि लगाउन पाउने भएका छन।
स्वास्थ्य निर्देशनालय स्वास्थ्य कार्यालय काठमाडौंले यसका लागि खोप लगाइने स्थानीय तहको नाम समेत सार्वजनिक गरेको छ ।
दोस्रो चरणको खोप अभियानमा १८ देखि ५९ उमेरकालाई लगाइनेछ।
खोप पहिलो मात्रा दिँदा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप केन्द्रमा अत्याधिक भिडभाड भएको भन्दै स्थगित गरेको थियो ।
काठमाडौं उपत्यकामा दोस्रो चरणको भेरोसेल खोप अभियान सञ्चालनका लागि सबै वडा कार्यालयमा एक हप्ताका लागि निश्चित समय तोक्न, भिडभाड हुन नदिन र कुपन वितरण व्यवस्था मिलाउन निर्देशन यस अघि नै स्वास्थ्य कार्यालय काठमाडौंले दिएको थियो ।
तोकिएको खोप केन्द्रमा बिहान १० बजेदेखि ४ बजेसम्म जानुपर्ने छ ।
खोप काठमाडौँ महानगरपालिका, कीर्तिपुर, नागार्जुन, चन्द्रागिरि, तारकेश्वर, बुढानिलकण्ठ, टोखा, गोकर्णेश्वर, शंकरापुर र कागेश्वरी नगरपालिकाका खोप केन्द्रमा अभियान सञ्चालन गर्ने स्वास्थ्य कार्यालय काठमाडौँले जनाएको छ ।