यस्तो छ श्रेष्ठको भनाइ:
यो सरकारको गैरजिम्मेवारी र नालायकीको हद भयो।
आइसियु र भेम्टिलेटरको कुरा छाडौं, अक्सिजन नपाएर कोभिड बिरामी हेर्दा हेर्दै मरिरहेका छन्।
उपचारमा खटिएका चिकित्सक एवं नर्सहरु त्यो दृश्य टुलुटुलु हेर्नु परेकोमा रुँदै कराइरहेका छन्। राजधानीका कतिपय ठूला अस्पतालले भर्ना भई उपचाररत कोभिड बिरामीलाई अक्सिजनको अभावका कारण उपचार गर्न नसकिने भन्दै अस्पतालबाट बाहिर पठाइरहेका छन् भने कतिपय अस्पतालले अब कोभिड बिरामी भर्ना गर्न नसकिने सूचना सार्वजनिक गरेका छन्।
बुटवल लगायतका अस्पतालले आधा घण्टा अक्सिजन बन्द भएकाले केही बिरामीको मृत्यु भएको कुरा बताएका छन् भने हिजो मात्र कोभिड महामारीबाट जनतालाई बचाउन रातदिन नभनी खटिरहनु भएका ट्रमा सेन्टरका डाइरेक्टर डा सन्तोषले समेत अक्सिजनको अभावमा बिरामीको ज्यान गइरहेको भन्दै अक्सिजनको लागि हारगुहार गर्नुभएको छ।
यसरी गर्न सक्ने काम पनि नगरी जनता “मारेर” बस्न कसरी सकेको छ सरकार?
यसपटक अग्रपंक्तिमा खटिरहेका चिकित्सक, नर्स र स्वास्थ्यकर्मीको असाधारण नमूनायोग्य कामको सम्मान र अनुसरण गर्दै महामारीबाट जनता बचाउन आ-आफ्नो ठाँउबाट जे-जे गर्न सकिन्छ, सबै लागौं।