कोरोना महामारीको दोस्रो लहरमा विभिन्न सुरक्षा संगठनका ४सय ९५ संक्रमित

हेल्थपोस्ट नेपाल

कोरोना भाइरस महामारीको दोस्रो लहरका क्रममा फ्रन्टलाइनमा खटिएका ४ सय ९५ सुरक्षाकर्मी संक्रमित बनेका छन्।

कोरोना भाइरसको पहिलो चरणको संक्रमणले मुुलुुकमा भएका सुुरक्षा निकायालई नराम्रोसँग असर पारेको थियो ।

दोस्रो लहरका क्रममा नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीसहित ४९५ मा संक्रमण पुष्टि भएको हो ।

कोरोनाको दोस्रो लहरबाट नेपाली सेनामा मुुलुुकभरबाट २ सय ४९ जना कोरोना संक्रमित भएको सबैको अवस्था सामान्य रहेको नेपाली सेनाका सहायक रथी सन्तोष बल्लभ पौडेल बताए।

कोरोनाबाट संक्रमित भएका सेना आफुुहरुले तयार गरेको आइसोलेसन र होम आइसोलेसनमा बसेर कोरोना महामारीसँग लडिरहेका पौडेलको भनाई छ।

अहिलेसम्म संक्रमित मध्ये कोही पनि आईसियुुमा नभएको जानकारी दिएका छन् ।

सशस्त्र प्रहरी बलका १ सय ९६ सुुरक्षाकर्मी कोरोना भाइरसबाट संक्रमित भएका छन ।

काठमाडौँ उपत्यकामा संक्रमण पुुष्टि भएका सशस्त्र प्रहरीहरुलाई बलम्बुुस्थित एपीएफ अस्पतालको आईसोलेसनमा राखिएको सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी राजुु अर्याल बताउँछन् ।

कोरोना संक्रमणको सिकार भएका सशस्त्र प्रहरीका कर्मचारीहरु कोही पनि आईसीयुुमा बस्नुु नपरेको बताँउछन उनी ।

नेपाल प्रहरीमा पहिलो लहरमा जस्तो धेरैमा संक्रमण नदेखिएको प्रवक्ता एसएसपी बसन्त कुँवरले ।

उनले प्राविधिक कारणले संक्रमितको यकीन तथ्यांक दिन नसक्ने बताए ।

महामारीको समयमा सवारी व्यवस्थापनमा खटिने ट्राफिक प्रहरीमा लगभग ५० जना कोरोना संक्रमण भएका छन् ।

परीक्षणबाट कुनै ट्राफिकमा कोरोना पोजेटिभ देखिएको अवस्थामा नेपाल प्रहरी अस्पतालको आईसोलेसनमा राख्ने गरेको ट्राफिक प्रहरीका सहायक प्रवक्ता डिएसपी सुुनीलजंग शाहले बताए।

उनका अनुसार हालसम्म ८ जना कोरोना महामारी जितेर डिस्चार्ज भईसकेको र बाँकी अन्य संक्रमितको स्वास्थ्य सामान्य छ।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *