कोरोना खोप लगाउन फर्म भर्नुपर्ने

हेल्थपोस्ट नेपाल

सरकारले अर्को चरणको काेराेना खोप अभियानका लागि फर्म गर्न अनुरोध गरेको छ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले १८ वर्ष र सोभन्दा माथिका व्यक्तिहरूलाई भर्ने अनुरोध गरे।

‘यो फारम भर्नेबित्तिकै खोप लगाउन पाइन्छ भन्न हुँदैन। तर, रेकर्ड हुन्छ,’ उनले भने।

www.vaccine.nohp.gov.com मा नाम दर्ता गर्न सकिने डा. गौतमले जानकारी दिए।

त्यस्तै मन्त्रालयले निषेधाज्ञा लागू गर्न र यसलाई कडाइका साथ लागू गर्न स्थानीय तहहरूलाई निर्देशन दिने जनाएको छ।

देशभरीका सबै अस्पतालहरूले कोभिड १९ संक्रमितहरूको उपचार गरी आइएमइमा इन्ट्री गर्नुपर्ने निर्णय भएको डा. गौतमले बताए।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, आइसीएस बैठकका नयाँ निर्णयहरू : 

– वैदेशिक सहायतासम्बन्धी वा स्वास्थ्य सामग्रीसम्बन्धी माग, सहयाेग र वितरण एकद्वार प्रणालीबाट मात्रै गर्ने ।

–अनुदानमा प्राप्त रेम्डेसिभिर औषधि काेभिड संक्रमितकाे उपचार गरिरहेका अस्पतालमा संक्रमितकाे चापबमाेजिम वितरण गर्ने ।  यसमा पनि गरिब तथा निम्नआय भएकाहरूलाई प्राथमिकता दिने । अस्पतालकाे सामाजिक सेवा इकाइकाे सिफारिसका आधारमा स्वास्थ्य सेवा विभागले रेम्डेसिभिर औषधि वितरण गर्ने ।

– २२ हजार फाइल रेम्डिसिभिर फाइल हिजाे प्राप्त भएकाे छ । सम्बन्धित काेभिड अस्पताललाई वा काेभिड संक्रमितलाई चिकित्सककाे सिफारिसअनुसार दिने ।  तर,यस्ताे औषधि लिन जाने बिरामीका आफन्तले परिचयपत्र साथमा लिनु आवश्यक हुन्छ ।

– कम्तीमा सय बेड भएका निजी तथा सामुदायिक अस्पतालहरूले आजकाे १५ दिनभित्र आफ्नै अक्सिजन प्लान्ट जडान गरी त्यसकाे जानकारी स्वास्थ्य मन्त्रालयलाई गराउने । यसकाे समन्वय गुणस्तर मापन तथा नियमन महाशाखाले गर्ने ।

 

 



One thought on “कोरोना खोप लगाउन फर्म भर्नुपर्ने

Leave a Reply

Your email address will not be published. Required fields are marked *