स्वास्थ्य मन्त्रालयको निर्देशन : एक सय बेड भएकाले अस्पतालले तुरुन्तै अक्सिजन प्लान्ट जडान गर्नु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सय सञ्चालन गरेका अस्पतालाई अक्सिजन प्लान्ट जडान गर्न निर्देशन दिएको छ।

मन्त्रालयमा बुधबार बसेको मन्त्रीस्तरको बैठकले १५ दिनभित्र देशभरका एक सय बेड सञ्चालमा रहेका अस्पतालले १५ दिनभित्र अक्सिजन प्लान्ट निमार्ण गर्न निर्देशन दिएको हो।

प्रवक्ता डा. जागेश्वर गौतमले १५ दिनभित्र अक्सिजन प्लान्ट जडान गरी जानकारी स्वास्थ्य मन्त्रालयमा पठाउन अनुरोध गरे।

अक्सिजन प्लान्ट जडानको सहजीकरण मन्त्रालयको गुणस्तर मापन तथा नियगमन महाशाखा गर्ने छ।

यस्तै, मन्त्रालयले कोभिड(१९ कारण मृत्यु भएका व्यक्तिको शव व्यवस्थापन वा अन्त्येष्टि गर्दा २५ जना भन्दा बढी मलामी नजान अनुरोध गरेको छ।

स्वास्थ्य मन्त्रालयले कोभिड संक्रमितको मृत्यु भई शव व्यवस्थापन गर्दा जनस्वास्थ्यका मापदण्ड पालना गरी २५ जना भन्दा बढी व्यक्ति मलामी नजान सो सम्भव नभएमा नेपाली सेनाले व्यवस्थापन गर्ने जनाएको छ।

मन्त्रालयले सूचना जारी गर्दै संक्रमित व्यक्तिको शव व्यवस्थापन गर्दा आफ्नो धर्म परम्परा र संस्कृति अनुसार गर्न सकिने तर २५ भन्दा बढी व्यक्ति मलामी हुन नपाइने जनाएकाे छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय