नेपाल चिकित्सक संघले देशभर ‘रेड अर्लट’ घोषणा गर्यो

कोरोना संक्रमण बढ्दै गएपछि नेपाल चिकित्सक संघले देशभर ‘रेड अर्लट’ घोषणा गरेको छ।

संघले एक विज्ञप्ति जारी गरी नेपालको स्वास्थ्य गम्भीर अवस्थामा पुगेको भन्दै रेड अर्लट घोषणा गरेको हो।

‘हामीले कोरोनाको पहिलो लहरदेखि नै जुनसुकै वेला भयावह अवस्था आउनसक्छ, आवश्यक तयारी गरौं भनेर निरन्तर झक्झकाइरह्यौं । तर समयमा नसुन्दा, तयारी नगर्दा, प्राथमिकतामा नपर्दा आज नागरिकले अनाहकमा ज्यान गुमाउनुपरेको छ, सास्ति व्यहोर्नुपरेको छ,’ विज्ञप्तीमा भनिएको छ,’ आज फेरी पनि केही आशा गरेर यो विन्ती गर्दैछौं । अव केही महिनाका लागि तपाईका राजनीतिक जोडघटाउ र अन्य प्राथमिकतालाई स्थगित गरिदिनुहोस् । एउटै प्राथमिकता वनाउनुहोस्, जनताको जीवन जोगाउने, एकजुट भएर भाइरससंग लड्ने र महामारीलाई परास्त गरौं।’

राजनीतिक जोड घटाउमा भन्दा पनि सबै दलहरुलाई एक ठाउँमा ल्याउन र महामारी विरुद्ध जुट्न राष्ट्रपतिलाई संघको अपिल छ।

‘हाम्रो प्रयत्नलाई फलिभुत वनाउन सवैले हातेमालो गररहेका छन भन्ने अनुभुत गर्न पाए मात्र हाम्रो हिम्मत र प्रयासको अर्थ रहन्छ । तर, विडम्वना हामीले त्यो अनुभुत गर्न पाएनौं । यो लडाई स्वास्थ्यकर्मी वा स्वास्थ्य मन्त्रालयको मात्रै होइन । हामी सवै एकजुट भएर राष्ट्रिय संकल्प गर्न सकेमात्र लडाई जित्न सकिन्छ,’ संघले भनेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय