नेपालमा एक लाख नाघे सक्रिय संक्रमित, आज १ सय ६८ को निधन
पछिल्लो २४ घन्टामा ९ हजार ३ सय ५ जनामा संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार २० हजार ३ सय ६२ र एन्टिजेनमा मार्फत ४२४ नमुना परीक्षण गरिएकोमा ९ हजार ३ सय ५ जनामा संक्रमण पुष्टि भएको हो।
आज काठमाडौं उपत्यकामा ३ हजार ९ सय २४ जना संक्रमित थपिएका छन्। जसमध्ये भक्तपुरमा २२६, ललितपुरमा ४ सय ४८ र
काठमाडौंमा ३ हजार २ सय ५० संक्रमित थपिएका हुन्।
बुधबार देशभर १ लाख १ हजार ६ सय ३४ सक्रिय संक्रमित छन्।
जमसध्ये ७ हजार २ सय ९१ संस्थागत र होम आइसोलेसनमा ९४ हजार ३ सय ४३ जना छन्।
मन्त्रालयको पछिल्लो विवरण अनुसार १ सय ६८ जनाको संक्रमणबाट निधन भएको छ।
आज देशभर चार हजार ४४४ जना व्यक्ति निको भएका छन्।
५१७ जना व्यक्ति क्वारेन्टाइनमा छन्।