संक्रमण उकालो लागेकोलाग्यै छ, बेड उपलब्ध गराउन असाध्यै कठिन भएको छ

हेल्थपोस्ट नेपाल

मैले यो लेखिरहँदा, मेरो देश अहिले कोभिड–१९ महामारीकाे एउटा नयाँ र आततायी लहरसँग पौंठेजोरी खेलिरहेको छ। दिनहुँ बढिरहेको कोरोना संक्रमितको संख्याले हाम्रा चिकित्सक, नर्स, सेवा प्रदायक, स्वयंसेवीमात्र नभई समग्र स्वास्थ्य सेवा प्रणालीका लागि एउटा गम्भीर चुनौती खडा गरेको छ।

नेपालको इतिहास कठिन र संघर्षले भरिएको छ, यद्यपि यो महामारीले हामीलाई हाम्रो सीमिततातिर धकेलिरहेको छ। संक्रमितको संख्याले हाम्रो समग्र स्वास्थ्य प्रणालीलाई तनावपूर्ण बनाइरहेको छ भने बिरामीलाई आवश्यकताअनुसार अस्पतालमा बेड उपलब्ध गराउन असाध्यै कठिन भएको छ।

संक्रमणको ‘ग्राफ’ उकालो लागेको लाग्यै छ र सँगै संक्रमित हुनेको दर पनि त्यसैगरी बढिरहेको छ। पछिल्ला केही दिनयता दिनहुँ करिब ८ हजार नयाँ केस देखिन थालेका छन्, जुन ३ करोड जनसंख्या भएको नेपालजस्तो सानो देशका लागि अलि बढी नै हो।

यद्यपि, हाम्रोमा कोभिडका कारण हुने मृत्यु दर अपेक्षाकृत कम छ। मैले यो लेखिरहँदा ३ हजार ७ सय २० जनालाई कोभिड संक्रमणबाट गुमाइसकेका छौं, उनीहरू सबै हाम्रा लागि अनमोल थिए।

मेरो सरकार यो घातक दुस्मनबाट जनतालाई जोगाउन रोकथाम र उपचार दुवैतर्फ हरसम्भव उत्कृष्ट प्रयास गरिरहेको छ। संक्रमणको श्रृङ्खला तोड्न र सार्वजनिक जनचेतना अभियान जारी राख्न सहरी क्षेत्रहरूमा राम्रो र उपयुक्त तरिकाले निषेधाज्ञा लगाएका छौं।

अक्सिजन र आइसियुको अत्यन्तै आवश्यकता भएका बिरामीलाई त्यस्ता सुविधा सुनिश्चित गर्न हामीले हरसम्भव प्रयास गरेका छौं। पिसिआर परीक्षण, कन्ट्याक्ट ट्रेसिङ र उपचार सुविधा विस्तार गर्न हामीले सक्दो उपाय अपनाएका छौं।

तर, सीमित स्रोत र पूर्वाधारका कारण कोभिड महामारी हाम्रा लागि एउटा ठूलो बोझ बन्दै गएको छ। त्यसकारण हाम्रो प्रयासमा सहयोग गरी जीवन जोगाउन म अन्तर्राष्ट्रिय समुदायलाई भ्याक्सिन, डाइग्नोसिस उपकरण, अक्सिजन किट, सघन उपचार औषधी र उपकरण सहयोग गरिदिन अपिल गर्दछु। हाम्रो तत्कालको उद्देश्य जारी मृत्यु रोक्नु हो।

जब बेलायतको कुरा आउँछ, हाम्रो ऐक्यबद्धताको आसा यो कठिन परिस्थितिमा झन् बढेर आउँछ जसलाई हामीबीचको निकट ऐतिहासिक सम्बन्धले सह्राना गर्दै आएको छ। हामी हजारौं माइल परकाे मुलुक हौं तर हाम्रो सम्बन्ध बलियो र गहिरो छ, र यसलाई दुवै देशका जनताबीचको बलियो सम्बन्धले थप सुदृढ बनाएको छ। जे भए पनि, हामी परस्पर जोडिएको विश्वमा बाँचिरहेका छौं। यो रोगले सबैलाई असर गर्छ। सबै सुरक्षित नभएसम्म कोही पनि सुरक्षित हुँदैन।

यो महामारीले फेरि पनि एकपटक धनी र गरिब देशबीचको विशाल खाडललाई उजागर गरिदिएको छ। भ्याक्सिन, थेरापी र डाइग्नोस्टिक उपकरणको पहुँच सबैलाई उपलब्ध गराएर यो खाडल कम गर्न गराउन सकिन्छ। दक्षिण एसियाली देशका अर्बौं जनसंख्यालाई कोभिड–१९ विरुद्धको भ्याक्सिन कहिलेसम्म उपलब्ध हुछ भन्ने नै थाहा छैन। त्यसकारण यी देशहरूसँगको ऐक्यबद्धता आवश्यक छ।

जी७ राष्ट्रहरूको अध्यक्ष तथा मानव कल्याणमा नाम कहलिएको बेलायतले महामारीका बेला अन्तर्राष्ट्रिय सहयोग जुटाउन एउटा महत्वपूर्ण भूमिका खेल्न सक्छ।

विश्वभरि भ्याक्सिन उपलब्ध गराउन जी७ मार्फत बेलायतले प्रभावकारी भूमिका खेल्न सक्नेमा नेपाल विश्वस्त छ। र, विशेषगरी यस्ता देश जसलाई अहिले भ्याक्सिन अतिआवश्यक छ।

मेरो देशले यो पनि आसा गरेको छ कि बेलायतले यो वर्षको अन्त्यमा आयोजना गर्ने ‘कोप २६’ मा एउटा महत्वाकांक्षी जलवायु सम्झौता गराउन कडा मिहिनेत गर्ने छ, जुन सम्झौताबाट कमजोर जलवायु भएका देशका क्षमता निर्माणका लागि आर्थिक सहायता समेटिने छ।

हिमालय श्रृङ्खलाबाट बग्ने हिमनदी पग्लिएर बाढीको प्रकोप भोगिरहेको नेपाल एउटा यस्तो देश हो जसले बिना कुनै गल्ती जलवायु परिवर्तनको असमान अनुपातको बोझ सहेर बसेको छ।

कोरोना महामारीका कारण बाध्य भएर हामीले सगरमाथा संवाद स्थगन गर्नुपरेको छ। यो विश्वकै अग्लो शिखर सगरमाथाको नामबाट राखिएको नेपालको यस्तो संवाद मञ्च थियो जसले जलवायु परिवर्तन र हिमालबारे अन्तर्राष्ट्रिय स्तरमा बहस चलाउँथ्यो।

हाम्रा ‘शेर्पाहरू’ हिमालका उचाइमा आरोहणका लागि संघर्ष गरिरहेका पर्वतारोहीहरूलाई आफूसँग बोकेको अक्सिजन साझेदारी गर्न डराउँदैनन्। तर, आज कोभिडले हाम्रो देशलाई श्वासविहीन छाडिदिएको छ र हामी अन्तर्राष्ट्रिय समुदायका यस्तै ‘शेर्पाहरू’ को पर्खाइमा छौं।

हामीलाई आवश्यक मेडिकल सामग्री, जीवन जोगाउने औषधी र भ्याक्सिन तत्काल व्यवस्था गरिदिन हामी विश्वभरि छरिएर रहेका हाम्रा मित्रहरूसँग बिन्ती गरिरहेका छौं। जलवायु परिवर्तन र महामारी यी दुई चुनौतीबाट बाहिरिन सक्नु नै ऐक्यबद्धता हो। र, एकमात्र तरिका भनेको वैश्विक परिवारका रूपमा सँगै लड्ने हो।

एक स्वतन्त्र सञ्चारमाध्यम जुन गुणस्तरीय समाचारका लागि विश्वप्रख्यात छ र जसका पाठक १ सय ८० देशमा छन्, हो यही ‘दि गार्जियन’ का माध्यमबाट हामीले वित्तीय सहयोगको आसा गरेका छौं।

विज्ञान र सत्यमा आधारित तथा आधिकारिक र विश्वसनीय सूचनामा सबैको पहुँच हुनुपर्नेमा हामी विश्वास गर्छौं। त्यसकारण हामीले एउटा भिन्नै छनोट तयार गरेका छौं। पाठकहरू जो जहाँ बस्छन् वा जे भुक्तानी गर्न सक्छन् तिनका लागि हाम्रा कुरा खुला छन्। यसको अर्थ अधिक संख्यामा मानिसलाई सूचित हुन, एक हुन र सार्थक कार्यका लागि प्रेरित गराउन सकिने छ।

यस्तो विषम परिस्थितिमा दि गार्जियन जस्तो एउटा सत्य पहिल्याउने अन्तर्राष्ट्रिय समाचार संस्थाको आवश्यकता छ।

हामीसँग अर्बपतिहरूले सञ्चालन गरेको समाचार संस्था छैनन्। यसको अर्थ हाम्रो पत्रकारिता व्यापारिक र राजनीतिक प्रभावबाट स्वतन्त्र छ र यसले नै हामीलाई भिन्न बनाएको छ।

यो कहिल्यै पनि अधिक महत्वपूर्ण नभएका कारण हाम्रो स्वतन्त्रताले हामीलाई निर्भयका साथ अनुसन्धान गर्न, चुनौती दिन र सत्ता र शक्तिमा रहनेहरूका कर्तुत उजागर गर्न अनुमति दिने गर्छ।

(बेलायतकाे दि गार्जियन पत्रिकाकाे अनलाइन संस्करणमा प्रकाशित प्रधानमन्त्री केपी शर्मा ओलीकाे आलेखकाे अनुवाद )



Leave a Reply

Your email address will not be published. Required fields are marked *