अब ‘रेम्डेसिभिर’ चार हजार ९ सयमा, औषधि चाहिएमा यी नम्बरमा सम्पर्क गर्नुहोस्

हेल्थपोस्ट नेपाल

कोरोना भाइरस सङ्क्रमित बिरामीको उपचारका लागि प्रयोग हुने औषधि ‘रेम्डेसिभिर’औषधिको आवश्यकता परेमा आधिकारिक आयातकर्ता आयन हेल्थकेयर सम्पर्क गर्न सकिने छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सूचना जारी गर्दै ‘रेम्डेसिभिर’औषधिको आवश्यकता परेमा आयन हेल्थकेयर सम्पर्क गर्न अनुरोध गरेको छ।

औषधि आयातकर्ताबाट रेम्डेसिभिर प्राप्त गर्नका लागि कोभिड अस्पताल वा ती अस्पतालमा उपचाररत संक्रमितका लागि सम्बन्धित चिकित्सकको प्रिस्क्रिप्सन सहित औषधि लिन जाने व्यक्तिको परिचय पत्रको प्रमाण सहित सम्पर्क गर्नुपर्ने हुन्छ ।

प्रति भाइल चार हजार ९ सय रुपैयाँका दरले खरिद गर्न सकिने स्वास्थ्य मन्त्रालयले जनाएको छ।

रेम्डेसिभिर औषधि खरिद गर्नका लागि यी नम्बरमा सम्पर्क गर्नुहोस् :

डा. अबुल अन्सारी —९८००५५५९१०,

सुवास —९८१०१९४४१६

डा। बिमल— ९८४१५०६३७०

कमल —९८५११२४६३९, ९८५११२४६३९ नम्बर सम्पर्क गर्न स्वास्थ्य मन्त्रालयको सूचनामा उल्लेख गरिएको छ ।

 

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *