अक्सिजन उद्योगहरुको अनुगमन थालियो

हेल्थपोस्ट नेपाल

जिल्ला प्रशासन कार्यालय काठमाडौं र औषधि व्यवस्था विभागले काठमाडौंमा रहेका अक्सिजन उत्पादन गर्ने उद्योगहरुको अनुगमन थालेको छ।

सहायक प्रजिअ जनकराज भट्टका अनुसार बालाजुबाट सुरु गरिएको अनुगमनमा हालसम्म दुईवटा उद्योगहरुको निरीक्षण गरिसकिएको छ।

‘हामीले हिमाल अक्सिजन र शंकर अक्सिजनको अनुगमन गरिसकेका छौं। यहाँबाट कुन अस्पताललाई कति वटा अक्सिजन सप्लाई गरिएको छ भन्ने डाटा संकलन गरेका छौं,’ भट्टले भने।

सबै अक्सिजन सप्लायर्सहरुको अनुगमन तथा संकलन गरिएको डाटालाई हेरेर मात्र यसको विवरण दिने उनले बताए।



Leave a Reply

Your email address will not be published. Required fields are marked *