चिकित्सा शिक्षा आयोगले तोक्यो शैक्षिक सत्रको शुल्क, कुन विषयको कति ?

हेल्थपोस्ट नेपाल

चिकित्सा शिक्षा तर्फ शैक्षिक सत्र २०७७ र ०७८ को शुल्क निर्धारण गरेको छ।

बुधबारआयोगले सूचना जारि गर्दै सुल्क निर्धारण गरिएको जनाएको हो।

आयोगले २०७७–७८ का लागि गत बर्ष कायम भइ कार्यान्वयनमा रहेका कार्यक्रमको हकमा शुल्य यथावत राखी र अन्य हकमा भने एकरूपता कायम गर्ने शुल्क निर्धारण गरिएको जनाएको छ।

आयोगले एमबिबिएस उपत्यका भित्रको हकमा ४० लाख २३ हजार २ सय ५० रूपैयाँ तोकिदिएको छ।

त्यस्तै, उपत्यका बाहिरको हकमा भने एमबिबिएसको ४४ लाख ३६ हजार २५ रूपैयाको तोकिएको छ।

यसैगरी, बिडिएस अध्ययन गर्न २० लाख १९ हजार ५ सय ८० रूपँया निर्धारण गरिएको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *