एचडियु र आइसियु कुर्दाकुर्दै ६ संक्रमितले गुमाए ज्यान

हेल्थपोस्ट नेपाल

बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। पाँच पुरुष र एक महिलाको ज्यान गएको हो।

उनीहरु आइसियु र एचडियु बेड खाली नहुँदा अस्पतालको इमर्जेन्सिमा उपचाररत थिए। आइसियु र एचडियुमा आफ्नो पालो पर्खेर बसेका थिए।

अस्पतालका अनुसार मृत्यु हुनेमा तानसेन-१४ का ३८ वर्षीय पुरुषको मंगरबार राति ११ बजे, सैनामैना-७ रुपन्देहीका ३५ वर्षीय पुरुषको मंगलबार साँझ ६:३५ बजे, बैशाख २६ गतेदेखि इमर्जेन्सीमा रहेका बुटवल-११ का ५२ वर्षीय पुरुषको मंगलबार साँझ ५:३३ बजे मृत्यु भएको हो। यस्तै मंगलबार नै लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सीमा पुगेकी तिलोत्तमा-६ की ७० वर्षीया महिलाको आज बिहान ७:५२ मा मृत्यु भएको र बैशाख २४ देखि इमर्जेन्सीमा रहेका तिलोत्तमा १ का ५७ वर्षीय पुरुषको पनि आज बिहान ५:५२ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. बिष्णु गौतमले बताए।

मंगलबार नै सिकिस्त अवस्थामा इमर्जेन्सीमा ल्याइएका बुटवल-६ का ४४ वर्षीय पुरुषलाई थप उपचारका लागि कोरोना विशेष अस्पतालको एचडियुमा पुर्याएलगत्तै मंगलबार राति ७ बजे मृत्यु भएको थियो।



Leave a Reply

Your email address will not be published. Required fields are marked *