मेयरका राजु ड्राईभर श्रीमती सम्झदै संक्रमित बोक्दै

कोभिड पोजिटिभ देखिएपछि हप्तादिनदेखि श्रीमती घरको आइसोलेसनमा छिन । घरमै १३ र ७ बर्षका दुई छोराहरु पनि छन् । तिनै छोराहरुले संक्रमित आमा जमुना तिवारी शर्मालार्य हेरचाह गरिरहेका छन् ।

तर, राजु शर्मालाई भने समुदायमा रहेका संक्रमितलाई अस्पतालसम्म पुर्याउनमै भ्याईनभ्याई छ।

दिन होस या रात राजुलाई संक्रमितका आफन्तको फोन आइरहन्छ । फोनको एउटै बिषय हुन्छ, एम्बुलेन्स पाईएन बिरामीलाई अस्पताल पुर्याउन आउनुपर्यो ।

राजु शर्मा रुपन्देहीको तिलोत्तमा नगरपालिकाका मेयर बासुदेव घिमिरेका डाइभर हुन् । केहिदिन अघि मेयर बासुदेव घिमिरे र उपमेयर

जागेश्वर देवी चौधरीले आफु चढेको गाडीलाइ एम्बुलेन्स बनाउने निर्णय गरेसंगै गाडीका चालकलाइ अहिले भ्याइनभ्याइ भएको हो ।

संक्रमितहरुलाई रातिमा बढी गाह्रो हुने हुँदा बढी मात्रामा रातको समयमा फोन आउने गरेको उनले बताए ।

घरमा समय दिन नभ्याएको भएपनि अप्ठ्यारोमा परेका संक्रमितहरुको सेवा गर्न पाउँदा उनी खुसी देखिन्छन्।

घरमै श्रीमती संक्रमित भएको अवस्थामा कसरी काममा खटिनुभएको छ त भन्ने जिज्ञासामा राजु भन्छन्, श्रीमतीलाई त सम्झिने मात्रै हो, अवस्था बुझ्ने भनेको फोनबाट मात्रै हो।

मैले सेवा दिएका संक्रमितले दिएको आशिषले श्रीमती ठिक हुन्छिन् भन्ने मेरो विश्वास छ उनले थपे । श्रीमतीलाई समस्या देखिएको छैन् उनले भने, उनको खानपानमा साना छोराहरुले सहयोग गरेका छन्, म मेरो ड्युटीमा छु ।

१७ बर्षदेखि चालक रहेका उनले बिरामीको अवस्था देख्दा मन दुखेपनि उनीहरुको सेवाबाट यस्तो सन्तुष्टी कहिल्यै नलिएको बताए । मान्छेलाई अप्ठ्यारो पर्दा सहयोग गर्ने हो उनले भने, मैले त्यसरी नै काम गरिरहेको छु, सन्तुष्टी पनि लिएको छु ।

अस्पतालमा अक्सिजन र बेड नपाएर मृत्यु भएको देख्दा साहैं दुःख लाग्ने गरेको उनले सुनाए । बिरामीको ज्यान बच्छ कि भनि फोन आउने बित्तिकै पुग्छु उनले भने तर अस्पतालमा पुर्याउँदा बेड र अक्सिजन नपाउँदा मन कुडिएर आउँछ ।

उनले गाडीको साइड ढोका बन्द गरेका छन् भने बिरामीलाई पछाडीको ढोकाबाट आउने जाने व्यवस्था गरेका छन्।

उक्त गाडीमा संक्रमितबाट संक्रमण हुनबाट जोगिनका लागि डइभर सिट पछाडी आल्मुनियमको फ्रेममा शिसा लगाइएको छ।

उनले करिब डेढ सय कोरोना संक्रमितलाई सेवा दिइसकेको बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय