कोरोना संक्रमितको मृत्युपछि प्रादेशिक अस्पतामा तोडफोड, मृतकका दुई छोरा

कोरोना संक्रमितको मृत्यु भएपछि प्रादेशिक अस्पताल जनकपुरमा तोडफोड भएको छ।

महोत्तरीको जलेश्वर नगरपालिका–४ बस्ने ५५ वर्षीय एक पुरुषको उपचारको क्रममा मंगलबार साँझ मृत्यु भएको हो।

अस्पतालले उपचारमा लापारबाही गरेको भन्दै मृतकका आफन्तले तोडफोड गरेका हुन्। तोडफोडमा संलग्न रहेको भन्दै प्रहरीले मृतकका छोराहरू मनोज महतो र पप्पु महतोलाई प्रकाउ गरेको छ।

प्रादेशिक अस्पतालको कोभिड वार्डको आइसीयूमा रहेका बाबुको उपचारमा चासो नदिएको भन्दै उनीहरूले नर्समाथि हातपात गर्नुका साथै तोडफोड गरेका थिए।

नर्समाथि हातपात र भेन्टिलेटरमा क्षति पु¥याएका उनीहरूलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको धनुषाका एसपी प्रकाश राणाभाटले जानकारी दिए।

एसपी राणभाटका अनुसार दुईवटा भेन्टिलेटरमा क्षति पुगेको छ।

नर्समाथि हातपात र भेन्टिलेटरमा क्षति पुगेपछि उपचार सेवा प्रभावित भएको अस्पतालले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय