भयावह संक्रमण : प्रत्येक घण्टा जान्छ ९ जना संक्रमितको ज्यान

निकै घातक बनिरहेको कोरोना संक्रमणका कारण नेपालमा प्रत्यक एक घण्टामा नौ जना संक्रमितको मृत्यु भइरहेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामा थप २ सय २५ जना संक्रमितको मृत्यु पुष्टि गरेको छ।

नेपालमा हालसम्म कोरोना संक्रमणबाट ४ हजार ८४ जनाले ज्यान गुमाएका छन्।

स्वास्थ्य मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा २१ हजार ३१६ नमुना परीक्षणमा ९४८३ जनामा संक्रमण पुष्टि भएको छ।

योसँगै नेपालमा कुल संक्रमिको संख्या ४ लाख १३ हजार १ सय ११ पुगेको छ।

यससँगै सक्रिय संक्रमितको संख्या ९७ हजार ८ पुगेको छ। जसमध्ये होम आइसोलेसनमा ८९ हजार ९१४ र संस्थागत आइसोलेसनमा ७ हजार ९४ जना रहेका छन्।

संस्थागत आइसोलेसनमा रहेकामध्ये १ हजार ८४ जना आईसीयूमा र २९० जना भेन्टिलेटरमा रहेका छन्।

त्यस्तै पछिल्लो २४ घण्टामा ५२२५ जना संक्रमणमुक्त भएका छन्।

मन्त्रालयका अनुसार अस्पताल भर्ना भएका ९८ प्रतिशत बिरामीलाई अक्सिजन दिन परेको छ।

तर, नेपालमा केही दिनयता अक्सिजनको हाहाकार परेको छ। चिकित्सकका अनुसार पछिल्लो समय कोरोनाबाट मृत्यु बढ्नुको प्रमुख कारण अक्सिजनको अभाव हो।

अक्सिजनका अभावले गर्दा धेरै निजी अस्पताल तथा मेडिकल कलेज संक्रमित भर्ना नलिने जनाउँदै आएका छन्।

सरकारी अस्पतालमा हजारौं संख्या बिरामी अस्पतालको परिसरमै बेडको पालो कुरिरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

  • ताजा समाचार
  • जनप्रिय