कोरोनाबाट मृत्यु हुने संख्या दिनदिनै बढ्दै, एकैदिन २२५ ले ज्यान गुमाए

हेल्थपोस्ट नेपाल

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरण अनुसार नेपालमा कोरोना संक्रमणबाट २ सय २५ जनाको निधन भएको छ।

मन्त्रालयका अनुसार नेपाली सेनाले गरेको शव व्यवस्थापनको रिपोर्टका आधारमा मृतकको संख्या २४ घण्टामा बढी देखिएको हो।

यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुने संख्या ४ हजार ८४ पुगेको छ।

पछिल्लो २४ घन्टामा थप ९ हजार ४ सय ८३ जना संक्रमित थपिएका छन्।

मन्त्रालयको अनुसार २१ हजार ३ सय १६ नमुनाको परीक्षण गरिएकोमा ९ हजार ४ सय ८३ जनामा संक्रमण पुष्टि भएको हो।

मगंलबार ९७ हजार ८ जना सक्रिय संक्रमित छन्। आज ५ हजार २ सय २५ संक्रमित निको भएका छन्। यो सँगै निको हुनेको संख्या ३ लाख १२ हजार १९ पुगेको छ।

आज ४ सय ४८ क्वारेन्टाइनमा छन्।

 

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *