नेपाल मेडिकल कलेजले भन्यो –अक्सिजन छैन, बिरामी अन्तै लैजानुहोस्
काठमाडौंको अत्तरखेलस्थित नेपाल मेडिकल कलेज तथा शिक्षण अस्पतालले भर्ना भई उपचार गराई रहेका कोभिड संक्रमित
बिरामीहरुलाई अक्सिजन सकिएकोले आफ्नो व्यवस्था आफै गर्न भनेको छ।
अस्पतालले अक्सिजन नभएको कारण बिरामीलाई डिस्जार्ज गर्ने बताउँदै आफ्नो व्यवस्था आफै गर्न भनेको हो।
अस्पतालले अक्सिजन उपलब्ध हुन नसक्ने व्यहोरासहितको जानकारी स्वास्थ्य मन्त्रालय, गोकर्णेश्वर नगरपालिका, महानगरीय प्रहरी वृत्त बौद्धलगायतलाई जानकारी दिएर आजैबाट बिरामी डिस्चार्ज गर्न लागिएको जनाएको छ।
अस्पतालले अक्सिजन सप्लाई गर्ने कम्पनी सोपान फर्मासिटिकल्स लिमिटेडले मेसीन बिग्रिएको कारण तत्काल अक्सिजन उपलब्ध हुन सक्ने सम्भावना अत्यन्त न्यून रहेको बताएको र अन्यत्रबाट पनि अक्सिजन उपलब्ध हुन नसकेको भएकाले अस्पतालमा भएको अक्सिजनले वैशाख २८ गते ४ बजेसम्मलाई मात्र अक्सिजन पुग्ने जनाएको छ।