दुई हजार एचडियू बेड थपिँदै

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप दुई हजार हाइ डिपेन्डेन्सी युनिट (एचडियू) बेड थप्ने भएको छ।

मगंलबार मन्त्रालयले गरेको पत्रकारहरू भर्चूअल कुराकानीमा सचिव लक्ष्मण अर्यालले दुई हजार वटा एचडियू बेड थप्ने निर्णय भएको बताए।

‘सरकारले २ हजार एचडियू थप्न लागेको छ। यसका लागि अर्थ मन्त्रालयसँग सहमति भएको छ,’ उनले भने।

मन्त्रालयले दुई हजार एचडियू बेड गरिएको मध्ये एक हजार ५सय ५५ वटा सञ्चालनमा आएका छन्।

पछिल्लो केही दिनयता कोरोना संक्रमण उच्च गतिमा फैलिरहेको छ।

आइसियू, अक्सिजन नपाएर धेरै संत्रमितको मृत्यु भइरहेको छ।

हाल सरकारी अस्पतालमा १६ हजारभन्दा बेड छन्।

मन्त्रालयको तथ्यांक अनुसार १ हजार ४ सय ८६ आइसियू र ६ सय ३४ भेन्टिलेटर कोभिड बिरामीको लागि छुटाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय