उपत्यकाका सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउने सरकारको निर्णय

हेल्थपोस्ट नेपाल

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौंका सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउने निर्णय गरेको छ।

मन्त्रालयका सचिव लक्ष्मण अर्यालले कोरोना संक्रमण बढिरहेको भन्दै उपत्यकाका सरकारी सबै अस्पताललाई कोभिड अस्पताल बनाउने निर्णय भएको बताए।

‘कोरोना संक्रमण चाप बढ्दो छ। उपत्यका सबै सरकारी अस्पतालाई कोभिड अस्पतालमा सञ्चालन गरिने छ,’ सचिव अर्यालले भने।

उनले वीर, ट्रमा, पाटन, टिचिङ, प्रसुती लगायतका सरकारी अस्पताललाई कोभिड अस्पतालमा सञ्चालन गरिने बताए।

साथै, निजी अस्पतालहरूलाई पनि एक तिहाइ बेड ननकोभिडको लागि छुट्याएर बाँकी बेडहरू कोभिडको लागि प्रयोग गर्न भनिए पनि कति

अस्पतालले त्योभन्दा धेरै बेडमा कोभिडको उपचार गरिरहेको उनले बताए।

संक्रमितको संख्या बढेकाले अक्सिजनको अभाव भएको उनले बताए। त्यसका लागि लिक्विड अक्सिजन उत्पादन बढाउन भारत सरकारसँग कुरा भइरहेको अर्यालले जनाए।

हाल काठमाडौंमा टेकु अस्पताल र ट्रमा सेन्टरमा लिक्विड अक्सिजन सञ्चालनमा रहेको छ।

केही समयभित्रै टिचिङ अस्पतालमा लिक्विड अक्सिजन हाल्ने काम सकिने उनले जानकारी दिए।



Leave a Reply

Your email address will not be published. Required fields are marked *