स्वास्थ्यमन्त्रीले भने– अक्सिजन अभावमा बिरामीले अत्याधिक पीडा भोग्नु परेको छ, सरकार संवेदनशील छ

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदेयश त्रिपाठीले कोरोना संक्रमितको उपचारका लागि आवश्यक अक्सिजन पु‍र्याउन कठिन भएको बताएका छन्।

मगंलबार मन्त्रालयले गरेको पत्रकारहरू भर्चूअल कुराकानीमा मागअनुसार अक्सिजन आपूर्ति गर्न नसकिएको जनाए।

‘हामीसँग मौज्दात रहेको अक्सिजन र मागमा अन्तराल आएको छ। जसले गर्दा बिरामीले अत्याधिक पीडा पनि भोग्नु परेको छ,’ मन्त्री त्रिपाठीले भने, ‘ सिलिन्डरको अभावले पनि माग अनुरूप अक्सिजनको परिपूर्ति गर्न सकिएको छैन।’

अक्सिजन अभावमा बिरामीलाई परेको मर्का प्रति सरकार सम्बेदनशील रहेको उनले बताए।

अक्सिजनको सहज व्यवस्थापन गर्न कोभिड १९ संकट व्यवस्थापन केन्द्रलाई जिम्मेवारी दिएको आगामी दिनमा केही सहज हुने अनुमान गरिएको मन्त्री त्रिपाठीको भनाई छ।

‘केही दिन यता संक्रमण तथा मृत्युदर बढिरहेको छ। भारतमा पनि कोरोना संक्रमण बढिरहेकाले उपचारत साम्रगी चाहेर पनि ल्याउन सकेका छैइनौं,’ उनले भने।

मन्त्री त्रिपाठीले स्वास्थ्य समाग्रीमा कालोबजारी गर्न जो–कोहीलाई पनि कारबार्ही गरिने चेतावनी दिए।

‘जनताको ज्यान भन्दा महत्वपूर्ण अरू केही होइन। कालोबजारी गर्न सबैलाई कारबार्ही गरिन्छ,’ उनले भने।

मन्त्री त्रिपाठीले केही अस्पतालहरूमा बिग्रिएर रहेका प्लान्ट सञ्चालनमा ल्याइए पनि अझै मागअनुसार अक्सिजन आपूर्ति गर्न नसकिएको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय