अक्सिजन तथा औषधिको सहज आपूर्ति गर्न स्वास्थ्य मन्त्रालयलाई सर्वोच्चको आदेश
कोरोना संक्रमणलाई मध्यनजर गर्दै सर्वोच्च अदालतले अक्सिजन तथा कोरोनाको औषधिको सहज आपूर्ति तथा जनशक्तिको व्यवस्थापन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अन्तरिम आदेश जारी गरेको छ।
अधिवक्ता शैलेन्द्रप्रसाद अम्वेडकर र अधिवक्ता मोहना अंसारीले दायर गरेको रिटको सुनुवाइ गर्दै न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले यो आदेश दिएको हो।
अदालतले आवश्यक औषधि र अक्सिजनको आपूर्तिको समस्या, बिरामीसँग प्रत्यक्ष सरोकार राख्ने अस्पतालमा नभई नहुने अत्यावश्यक जनशक्तिको समस्या र संक्रमितहरुले उपचारबाट विमुख हुन नपरोस् भनी राखिएको मागलाई सम्बोधन गर्दै उक्त आदेश दिइएको हो।
अस्पतालहरु सञ्चालनमा ल्याउन आवश्यक पहल गर्न र सहज रुपमा अक्सिजन, औषधिको आपूर्ति गराउन सरोकारवालाको प्रतिनिधित्व समेत हुनेगरी एउटा कार्य समितिसमेत निर्माण गरी कार्य अगाडि बढाउन निर्देशन दिइएको छ।
MEROPENAM PANI PAIRAHEKO XAIN ANI DDA LE ROK LAYER BASEKO XAN K GARDAIXAN DDA KIN MEROPENAM EASLEY AVAILABLE NAGREKO