चीनबाट आयो ४ सय अक्सिजन सिलिन्डर
चीन सरकारले उपलब्ध गराएको चार सय अक्सिजन सिलिन्डर नेपाल आइपुगेको छ ।
आज स्वास्थ्य मन्त्रालयमा भएको पत्रकार सम्मेलन चार सय अक्सजिन सिलिन्डर चीनबाट आएको जनाएको हो ।
बाँकी सिलिन्डर पनि क्रमशः ल्याइने स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले जानकारी दिए ।
चीनले २० हजार सिलिन्डर अनुदानमा उपलब्ध गराउँदै छ ।