बुहारीको मृत्युपछि माओवादी प्रवक्ता श्रेष्ठले लेखे–स्वास्थ्य क्षेत्रको यो अव्यवस्था क्षम्य हुनसक्दैन

हेल्थपोस्ट नेपाल

केही दिनदेखि अस्पतालको ढोका ढक्ढक्याउँदा सुरुमा इमर्जेन्सी र अक्सिजनसहितको बेड पाइएन, आइसीयु र भेन्टिलेटर त परको कुरा।

पछि एउटा साधारण प्राइभेट अस्पतालमा भर्ना गरेर आइसीयु खोज्न लाग्यौं । केही दिनपछि हिजोमात्र बल्ल ट्रमा सेन्टरको आइसीयुमा राख्न सक्यौं, तर तिमीलाई बचाउन सकिएन बुहारी । हार्दिक श्रद्धान्जली।’

नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले आफ्नी कोरोनासंक्रमित बुहारी निर्मला वैद्य श्रेष्ठको उपचारका लागि अस्पताल खोज्ने निकै प्रयास गरे। तर पाएनन्। आइसीयु र भेन्टिलेटर त परको कुरा, अक्सिजन भएको बेडसमेत पाएनन्।

 

जतिबेला बेड पाए, निकै ढिला भइसकेको थियो। उनले बुहारीलाई बचाउन सकेनन्।

 

‘बुहारी निर्मला त अहिलेको हाम्रो हालतको एक दृष्टान्तमात्र हुन्। यसरी नै समयमा उपचार पाउन नसकेर कैयौंको दिनदिनै ज्यान गइरहेको छ,’ घटनापछि उनले फेसबुकमा लेखे, ‘म आफैले पनि अरु धेरै कोभिड संक्रमितहरुका लागि बेड र आइसीयु खोजेको छु ,तर पाईराखेको छैन।’

उनले महामारीका बेलामा स्वास्थ्य क्षेत्रको यो अव्यवस्था र बेवास्ता क्षम्य हुन नसक्ने पनि बताएका छन्।

निर्मलाका पति एवं प्रवक्ता श्रेष्ठका भतिजा विकल श्रेष्ठ पनि कोभिडका कारण अस्पतालमा उपचाररत छन्। उनलाई पनि आइसीयु चाहिएको अवस्थामा कहाँ पाइने ठेगान नरहेको श्रेष्ठले उल्लेख गरेका छन्।



One thought on “बुहारीको मृत्युपछि माओवादी प्रवक्ता श्रेष्ठले लेखे–स्वास्थ्य क्षेत्रको यो अव्यवस्था क्षम्य हुनसक्दैन

  1. आफुलाइ पर्दा बल्ल थाहा पाउनु भो।। तपाइ जस्तालाइ त यो हालत भयो भने आम सधारण को के होला … Dr KC ठिक थिए वा बेठिक तपाइ आफै महसुस गर्नोस्।। सत्तामा हुदा राम्रो काम गरेको वा नगरेको मुल्याङ्कन गरेर अबका दिन हरु बिताए भयो कामरेड्।।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *