होल्ड गरेका ३७० थान अक्सिजन सिलिण्डर चितवन प्रहरीको नियन्त्रणमा

चितवन प्रहरीले प्रयोगमा नआएका अक्सिजन सिलिण्डर नियन्त्रणमा लिएको छ।

उद्योग तथा होटलहरुले होल्ड गिरी राखेका ३ सय ७० थान अक्सिजन सिलिण्डर नियन्त्रणमा लिईएको चितवन प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सरोज गिरीका अनुसार, चितवन, विरगञ्ज र भैरहवाबाट सिलिण्डर नियन्त्रणमा लिएको हो।

चितवन भित्रबाट १ सय १३ र बाहिरी जिल्लाबाट २ सय ५७ थान गरि ३७० थान सिलिण्डर नियन्त्रणमा लिएको गिरीले जानकारी दिए।

नियन्त्रण मध्ये ८ वटा सिलिण्डरमा अक्सिजन रहेको छ । बाँकी सिलिण्डर खाली रहेकाले अक्सिजन उद्योगमा सुरक्षित साथ राखिएको उनले जानकारी दिए ।

प्रहरीले चितवन भित्र वैशाख २७ गते खैरहनी, टाँडी, भण्डारा, गीतानगर र दिव्यनगरस्थित ईलाका प्रहरी कार्यालयहरुले ८८ वटा भरिएका र ८ वटा खाली गरि जम्मा ९६ वटा सिलिण्डर नियन्त्रणमा लिएका थिए।

त्यस्तै २६ गते जिल्ला प्रहरी, वडा प्रहरी नारायणगढ र प्रहरी चौकी बसपार्कले १७ वटा सिलिण्डर नियन्त्रणमा लिएका थिए ।

वीरगञ्जबाट १७० र भैरहवाबाट ८७ थान सिलिण्डर नियन्त्रणमा लिएको डिएसपी गिरीले जानकारी दिए।

डिएसपी गिरीका अनुसार चितवनबाट अन्य जिल्लामा लगेर होल्ड भएका सिलिण्डर जिल्ला प्रशासन कार्यालयको समन्वयमा प्रहरीले फिर्ता ल्याएको हो ।

उनले चितवन र अन्य जिल्लामा अधिकांश सिलिण्डर ग्रील उद्योग तथा कलकारखानामा स्टक राखिएको अवस्थामा भेटिएपछि नियन्त्रणमा लिएर ल्याइएको बताए ।

नियन्त्रण गरिएका मध्ये ३१९ वटा सिलिण्डरहरु रामनगरस्थित स्वर्गद्वारी अक्सिजन ग्याँस उद्योगमा राखिएको छ। अन्य सिलिण्डर प्रहरी कार्यालयले राखेको छ । कोरोना भाइरसको महामारी बढ्दै जाँदा देशभर अक्सिजनको अभाव छ ।

चितवनमा ठूला अस्पतालका आफ्नै प्लन्ट र एउटा उद्योग रहेपनि अक्सिजन भर्ने सिलिण्डरको अभाव देखिँदै आएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय