झलनाथ खनाल नर्भिकबाट आज डिस्चार्ज हुँदै

नर्भिक अस्पतालमा उपचाररत पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनाल कोरोनामुक्त भएसँगै  आजै  डिस्चार्ज हुदैछन् ।

कोरोना संक्रमणपछि उनी गत १८ बैशाखमा नर्भिक अस्पतालमा भर्ना भएका थिए । त्यहाँ उनलाई अक्सिजनको सपोर्टमा उपचार सुरु गरिएको थियो ।

नर्भिक अस्पतालमा भर्ना भएको भोलिपल्टदेखि नै उनलाई प्लाज्मा थेरापी विधिबाट समेत उपचार गरिएको थियो ।

अस्पतालले २ दिनअघि स्वाब परीक्षण गरिएको र त्यसको रिपोर्ट नेगेटिभ आएको जनाएको छ । चिकित्सकहरुको सल्लाहअनुसार उनी आज डिस्चार्ज हुन लागेको स्पष्ट पारेको छ ।

नेता खनालको उपचारमा नर्भिक अस्पतालका चिकित्सकहरु डा. जेपी जैसवाल र डा. बी श्रीवास्तव नेतृत्वको स्वास्थ्यकर्मीको टिम संलग्न थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय