कोरोना विरुद्धको ‘भरोसेल’को दोस्रो डोज जेठ २ लगाइँदैं, कहाँ–कहाँबाट पाइन्छ?

हेल्थपोस्ट नेपाल

सरकारले कोरोना विरुद्ध खोप (भेरोसेल)को दोस्रो डोज लगाउन जेठ २ बाट शुरू गर्ने भएको छ।

दोस्रो डोजको लागि उपत्यका तथा आसपासका जिल्लामा तयारी थाल्न सरकारले निर्देशन दिएको छ।

स्वास्थ्य सेवा विभागका अनुसार काठमाडौं उपत्यकामा एन्टि कोभिड भ्याक्सिनको दोस्रो चरणको खोप सञ्चालनका सम्बन्धमा सवै वडा कार्यालयमा एक हप्ताका लागि निश्चित समय तोकी भिडभाड हुन नदिन कुपन वितरण व्यवस्था मिलाउन सम्बन्धित निकाय निर्देशन दिएको छ।

भेरोसेल खोप लगाएका जिल्लाहरूलाई २ देखि ९ गतेसम्म खोप अभियान सञ्चालन हुने विभागले जनाएको छ।

भरोसेल खोप चैतको तेस्रो सातादेखि रसुवा, नुवाकोट, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, काठमाडाैं, ललितपुर र भक्तपुर जिल्लामा वितरण गरिएका थिए। यिनै जिल्लामा पहिलो मात्रा लगाएका २ लाख ८८ हजार मानिसले लगाएका थिए।

विभागले अस्पतालमा झन् भीडभाड हुने भन्दै यसपटक विद्यालय, कलेज तथा पाटी प्यालेस जस्ता खुल्ला ठाँउमा गई खोप लगाउने व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ।

चीन सरकारले ८ लाख डोज भेरोसेल खोप अनुदानमा दिएको थियो ।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *