उपत्यकाका अस्पतालका लागि अक्सिजनको कोटा निर्धारण, कसले कति पाउँछन् ?
कोरोना संक्रमितका उपचारका लागि सरकारले ७७ वटा अस्पताललाई अक्सिजनको कोटा निर्धारण गरेको छ।
कोरोना १९ संकट व्यवस्थापन केन्द्र ( सिसिएमसी) ले कोभिड तथा नन कोभिडको उपचारका लागि दैनिक रूपमा अक्सिजनको कोटा निर्धारण गरेको हो।
अक्सिजन उद्योगलाई सिसिएमसीले तोकिएका अस्पताललाई दैनिक न्युनतम अक्स्सिजन भरेर पठाउन पत्राचार गरेको छ।