नेपालमा कोरोना संक्रमित ४ लाख नाघे

नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख नाघेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा ९ हजार १ सय २७ जनामा संक्रमण पुष्टि भएको छ।

यो सँगै नेपालमा कुल संक्रमितको संख्या ४ लाख ३ हजार ७ सय ९४ पुगेको छ।

सोमबार कोरोनाबाट १३९ जनाले ज्यानले गुमाएका छन्।

सो संख्या हालसम्मकै उच्च हो।

मन्त्रालयको अनुसार हालसम्म कोरोना संक्रमणबाट ३ हजार ८ सय ५९ जनाको निधन भएको छ।

पछिल्लो २४ घन्टामा ४ हजार ७ जना संक्रमण मुक्त भएका छन्।

यो सँगै संक्रमणमुक्त हुनेको संख्या ३ लाख ६ हजार ७ सय ९४ पुगेको छ।

कुल संक्रमितमध्ये हाल ९३ हजार १४१ जना सक्रिय संक्रमित छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय