नेपालमा कोरोनाले बनायो नयाँ रेकर्ड, एकैदिन १३९ जनाको निधन

हेल्थपोस्ट नेपाल

नेपालमा पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट १ सय ३९ जनाको निधन भएको छ। स्वास्थ्य  मन्त्रालयका अनुसार नेपाली सेनाले गरेको शव व्यवस्थापनको रिपोर्टका आधारमा मृतकको संख्या २४ घण्टामा बढी देखिएको हो।

यो सहित नेपालमा ३ हजार ८५९ संक्रमितको मृत्यु भएको छ।

पछिल्लो २४ घण्टामा नेपालमा थप ९ हजार २७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। ।

१७ हजार ६२३ जनाको पिसिआर परीक्षणमा र ७८८   एन्टिजेन गरी १८ हजार ४११ जनाको परीक्षण गर्दा ९ हजार २७१ जनामा कोरोना पोजिटिभ आएको  मन्त्रालयले जनाएको छ।

कुल संक्रमितमध्ये हाल ९३ हजार १४१ जना सक्रिय संक्रमित छन्।

हाल ४२७ जना संक्रमित क्वारेन्टा्रइनमा छन्।

 

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *